स्वर, सङ्गीत र शब्दको त्रिकोणात्मक सम्मिलनबाट प्राप्त श्रुतिमय गुञ्जन नै गीत हो । जीवन स्वयम् अनुभूति हो भने गीत त्यही जीवनलाई कोट्ट्याउने र झङ्कृत पार्ने सशक्त माध्यम हो । गीत जीवनगङ्गाको तीव्र वेग हो जसका सुसाइहरूमा आँसु, हाँसो, रोदन र पीडाका जीवन्त कथाहरू बगिरहेका हुन्छन्। गीतमा माटो, मान्छे र संस्कृतिका सुवासहरू अङ्कुराएर झाँगिदै फुलेका हुन्छन् ।
गीतकार नवराज सुब्बाको सहिदलाई सलाम गीतसङ्ग्रहले समृद्ध र सुन्दर नेपालको परिकल्पनाका साथ समावेशी चिन्तन र राष्ट्रिय चेतना बोकेको छ । यो कृति पाँच खण्डमा विभाजित फरकफरक सन्दर्भ र भावना समेटिएका अन्ठाउन्न गीतहरूको पुञ्ज हो ।
सिर्जनशील स्रष्टा सुब्बाका गीतमा राष्ट्रिय...
From the community